चेन्नेइ। नेपाल परिवार दल सुदूरपश्चिम प्रदेशका संयोजक खडक नागरीले भारतमा काम गर्ने नेपालीलाई स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् । नेपाली प्रवासी परिवार चेन्नेइ तमिलनाडु राज्य समिति भारतको नयाँ कार्यसमिति चयनका क्रममा उनले सो कुरा बताएका हुन्।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका प्रदेश संयोजक नागरीले भने, भारतमा बस्नुहुने नेपालीहरुको लागि नेपाल सरकारले नेपालमै रोजगारको व्यवस्था गर्नुपर्छ, नेपालीले कहिले सम्म विदेशीको गुलाम भएर बस्नुपर्ने हो उनले भने, यसको जिम्मेवार नेपाल सरकारले लिनुपर्छ। यस्तै उनले भने, हामीले यो समिति बनाउनुको उदेश्य प्रवासमा बस्नुहुने सम्पूर्ण नेपालीहरुको पक्षमा र कुनै पनि समस्या अफ्ट्यारो पर्दा यो समितिले नेपाल सरकार र भारत सरकार संग समन्वय गरि वकालत गर्ने छौँ ।
यस्तै प्रदेश संयोजक नागरीले अहिलेसम्म प्रवासमा बस्नु हुने धेरै जसो हराएका र बेपत्ता भएका नेपालीहरुको उद्धार गरेको बताए । त्यस्तै प्रवासका बिदेशी प्रमुख नेता किसन नेपालीले प्रवासमा बस्ने सम्पुर्ण नेपालीहरुको हकहितका लागि काम गर्दै आएको बताए । भारतमा बस्ने धेरै जसो नेपालीहरुको उद्धार गर्दै आएको र आगामी दिनमा अझै पनि यस्तै कार्य गर्ने प्रतिबद्यता ब्यक्त गरेका छन् । नेता नेपालीले भारतका धेरै ठाउँ गएर नेपालीहरुको अभिभावकको भुमिका निर्वाह गर्दै आएका छन् ।
अझै प्रवासमा बस्ने नेपालीका लागि सधँै सहयोग र साथ दिने प्रतिबद्धता जनाए ।समितिका अध्यक्ष र उपाध्यक्ष चेन्नाइ तमिलनाडु राज्य समिति भारतमा बस्ने नेपालीको लागि समिति बनाइ सबै नेपालीहरुलाइ एकता बनाएर सहयोग गरेकोमा धन्यवाद दिएका छन्। यस्तै नेपाली प्रवासी परिवार चेन्नाइ तमिलनाडु राज्य समिति भारतको ११ जनाको नयाँ समिति चयन गरिएको छ। चेन्नाइ तमिलनाडु राज्य समितिको अध्यक्षमा धर्म नागरी चयन भएका छन्।
समितिको उपाध्यक्षमा कृष्ण बिक,जय नागरी सचिवमा नरेन्द्र वड,सह-सचिवमा गणेश आउजी,कोषाध्यक्षमा हर्क बहादुर दमाई चयन भएका छन्। यस्तै सदस्यहरुमा लक्ष्मण नागार्जि, चित्र बहादुर देउवा,सन्तोष वड, शंकर नागरी र हिरालाल दमाई चयन भएका हुन्। नेपाल परिवार दलका सुदूरपश्चिम प्रदेशका सयोजक खडक नागरीको प्रमुख अतिथिमा गठन भएको हो।


