धनगढी। कैलालीमा मोटरसाइकल एक आपसमा ठोक्किएका छन्। आज शनिबार दिउँसो कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर २ मा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो।
प्रहरीका अनुसार पुर्बबाट पश्चिमतर्फ आइरहेको २१ वर्षीय सहिल शाहीले चलाएको नयाँ मोटरसाइकल र विपरित दिशाबाट आईरहेको सु।प।प्र।०१–०१०।प २१४२ नम्बरको २७ वर्षीय पुरन जैशीले चलाएको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्। दुर्घटनाबाट जैशीको खुट्टामा र शाहीलाई सामान्य चोट लागेको र दुबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।


