कैलाली। कैलालीको टीकापुरस्थीत एक घरमा आगलागी भएको छ। कैलालीको टिकापुर नगरपालिका वडा नम्बर-९ रोहनीभुजीमा आशाराम चौधरीको घरमा आइतवार आगलागी भएको हो।
टीकापुर वडा नम्बर ९ का वडा अध्यक्ष लौटन चौधरीले घरभित्र रहेको गँहु, तोरी, चामल, काठ लत्ताकपडा, काठसमेत जलेर अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको बताए। स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको उनको भनाई छ। इलाका प्रहरी कार्यालय टिकापुरका अनुसार दिउँसो २ बजेको समयमा घरमा कोही नभएको बेलामा अचानक आगलागी भएको जनाएको छ। के कसरी आगलागी भएको हो सो सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


