काठमाडौँ। काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमानमा समस्या देखिएपछि पुनः काठमाडौं फर्काइएको छ।
आज शनिबार दिउँसो ३ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेका विमानको इन्जिनमा प्राविधिक समस्या भएपछि काठमाडौं अवतरण गरिएको प्रवक्ता टेकनाथ सिटौलाले बताए। उनका अनुसार श्री २२५ उडान नम्बरको जहाज विमान सकुशल अवतरण भइसकेको छ।
विमानमा भएका यात्रुहरूलाई अर्को विमानबाट धनगढी पठाउने तयारी भइरहेको छ। त्रिभुवन विमानस्थल स्रोतले हाइड्रोलिक फेल भए पछि जहाज काठमाडौं फिर्ता भएको जनाएको छ । श्रीको जहाज अवतरणपछि काठमाडौं विमानस्थलको ट्याक्सी वेमा अड्किएको थियो। त्यसलाई तानेर पार्किङ वेमा लगिएको छ। धावनमार्ग भने खाली भएको छ ।

