धनगढी। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा युुवा वैज्ञानिक सम्मेलनको आयोजना गरिएको छ। प्रदेश युवा परिषद्ले रोबोटिक एशोसिएसनको समन्वय तथा खोज, अनुसन्धानको क्षेत्रमा क्रियाशिल विभिन्न संघ, संस्थाको प्राविधिक सहयोगमा आयोजना गरेको युवा वैज्ञानिक सम्मेलन शुक्रबारदेखि सुरु भएको हो ।
धनगढीको रिद्धीसिद्धी पार्टी प्यालेसमा सञ्चालन भइरहेको सम्मेलन शनिबारसम्म चल्नेछ । सम्मेलनको सुुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले शुुक्रबार बिहान औपचारिक कार्यक्रमकाबीच उद्घाटन गरेका हुुन् । सम्मेलनको उद्घाटन गर्दै मन्त्री साउँदले प्रदेश सरकार युवा वैज्ञानिकलाई खोज, अनुुसन्धानमा प्ररित गर्न प्रतिबद्ध रहेको बताए ।
प्रविधिको विकाससँगै अध्ययन, अनुसन्धानको महत्व पनि बढ्दै गएकाले त्यसमा रुची भएका प्रतिभालाइै प्रोत्साहन गर्न सामाजिक विकास मन्त्रालय र प्रदेश सरकार तयार रहेको उनको भनाई थियो । उद्घाटन कार्यक्रमको अध्यक्षता ग्रहण गरेका प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरले परिषद्ले हरेक वर्ष जस्तै यो वर्ष पनि युवा वैज्ञानिक सम्मेलनको आयोजना गरेको जानकारी दिए । कुँवरले युुवाहरुलाई खोज, अनुसन्धानमा अभिप्ररित गर्ने उद्देश्यले आयोजना गरिदै आएको सम्मेलनले सुदूरपश्चिम प्रदेशमा लुकेर बसेका प्रतिभाको प्रस्फुटन गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।
यो सम्मेलनमा राष्ट्रिय स्तरका वैज्ञानिकले अनुभव समेत आदानप्रदान तथा खोज, अनुसन्धान सम्बन्धी प्रस्तुती राख्ने भएकाले सहभागी विद्यार्थी तथा युवाहरुले सिक्ने अवसर पनि पाउने कुँवरको भनाई थियो ।युवा सम्मेलनमा रोबोटिक्स फुटबल प्रतियोगिता र यन्त्र रोबोटिक रेसको समेत आयोजना गरिएको आयोजक प्रदेश युवा खेलकुद परिषद्ले जनाएको छ । शुक्रबार हुने रोबोटिक्स फुटबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेशसहित विभिन्न जिल्लाका ११ समूूह र शनिबार हुने यन्त्र रोबोटिक रेस प्रतियोगितामा १६ समूहको सहभागिता रहेको छ ।
फुटबल प्रतियोगिता अन्तरगत पहिलो हुनेलाई १० हजार र दोस्रो हुनेलाई ५ हजार पुरस्कार राखिएको छ भने रेस प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ५, ३ र २ हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।यस्तै सम्मेलनमा सुदूरपश्चिमसहित काठमाडौँ, सुर्खेत लगायतका जिल्लाबाट समेत स्कुल तथा क्याम्पसबाट विज्ञान प्रर्दशनीका लागि समूहहरु आइपुगेका छन् भने सम्मेलनमा देशभरका १६ जना युवा वैज्ञानिकको सहभागिता रहेको छ । जसमा सुदूूरपश्चिमका मात्र ९ जना छन् । सम्मेलनमा उत्कृष्ट प्रर्दशन गर्नेलाई व्यक्ति तथा समूहलाई एक लाख पुरस्कार राशी राखिएको छ । उक्त पुरस्कार राशी युथ इनोभेसन नामक संस्थाले व्यहोर्ने आयोजकले जनाएको छ ।


