धनगढी। कैलाली र कञ्चनपुरका विभिन्न ठाउँबाट भन्सार छलीका सामान बरामद गरिएको छ। मंगलवार बिहान धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट करिब एक लाख रुपैयाँ मुल्य बराबरका गाडीका पाटपुर्जा बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ।
त्यस्तै, मंगलवार विहान धनगढी उप-महानगरपालिका–१८ थापाघाटबाट पनि करिब २५ हजार मुल्य बराबरका अबैध कुखुरा बरामद गरिएका छन् । ईलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरी टोलीले अबैध कुखुरा नियन्त्रणमा लिएको हो। त्यस्तै, भजनी नगरपालिका-८ कृष्णनगरबाट पनि भन्सार छलीका सामानसहित टीकापुर नगरपालिका–६ सुवर्णपुरका ३० वर्षीय हिक्मत चौधरी पक्राउ परेका छन्।
उनी एक लाख ३५ हजार रुपैयाँ बराबरको चिनीसहित पक्राउ परेका थिए । मोटरसाईकलमा भारतबाट भन्सार छली गरि ल्याउदै गरेको अवस्थामा उनलाई प्रहरी चौकी जनकपुरले पक्राउ गरेको हो ।त्यस्तै कञ्चनपुरको बेलडाँडी गाउँपालिका-४ वैवाह कान्छीबजारबाट भन्सार छलीका करिब ११ हजार मुल्य बराबरका सामान बरामद गरिएको छ । प्रहरीले कान्छीबजारबाट अबैध कुखुरा बरामद गरेको हो ।बरामद गरिएका भन्सार छलीका सामान प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।


