कञ्चनपुर। कञ्चनपुरमा बिभिन्न मुद्धाका २ जना फरार प्रतिबादि पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले चौपाया चोरी मुद्धाका र काठ चोरी निकासि मुद्धाका फरार रहेका प्रतिबादिहरुलाई (हिजो )मंगलबार पक्राउ गरेको हो।
चौपाया चोरी मुद्धामा फरार रहेका कञ्चनपुर भिमदत्त नगरपालीका ४ घर भई भिमदत्त नगरपालीका १ बस्ने सुरेन्द्र बिष्टलाई मंगलबार घर ठेगानामा लुकिछिपि बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ। कञ्चनपुर जिल्ला अदालतको मिति २०६७ असार १३ गतेका फैसलाले सुरेन्द्रलाई २० दिन चौपाया चोरी मुद्दामा कैद सजाय सुनाएको थियो। कैद सजाय भई फरार रहेका सुरेन्द्रलाई मंगलबार प्रहरी टोलीले पक्राउ गरी कञ्चनपुर जिल्ला अदालतमा पेश गराई तोकिएको सजाय भुक्तानको लागि कारागार चलान गरेको छ।
यस्तै काठ चोरी निकासि मुद्धामा फरार रहेका भिमदत्त नगरपालीका ३ मदन बहादुर बिष्टलाई पनी प्रहरीले पक्राउ गरेको छ। कञ्चनपुर अदालतको मिति २०७७ पौष १८ गतेको फैसलाले मदनलाई काठ चोरी निकासी मुद्दामा २० दिन कैद सजाय तोकेको थियो। कैद सजाय तोकेपछि फरार रहेका प्रतिवादि मदनलाई प्रहरी टोलीले मंगलबार नै निजकै घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो। मदनलाई डिविजन बन कार्यालय महेन्द्रनगरमा पेश गराई तोकएको सजाय भुक्तानको लागि कारागार चलान गरिएको प्रहरीले जनाएको छ।


