धनगढी। कैलालीमा भन्सार छलि गरी ल्याईएका समान र अबैध काठ सहित ३ जना पक्राउ परेका छन्। सोमबार धनगढी उप-महानगरपालिका ७ बाट धनगढी वडा नम्बर ९ का २५ बर्षीय आकाश ठकुल्लाको सु.प.प्र.०१-००१ स ४७८४ नंम्बर को अटोमा ल्याइएका ३ लाख ४७ हजार १०० मुल्यको भन्सार छलीका सामानहरु बरामद गरिएका हुन्।
सोही अटोमा सवार वडा नम्बर ९ का ३९ बर्षिय डम्बर साउद र अटो चालक ठकुल्लालाई पक्राउ गरिएको छ। प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएकोआरआइटि टोली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको मोटरसाईकल गस्ती टोलीले संयुक्त रुपमा पक्राउ गरी आवश्यक कारवाहीको लागी समानसहित उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको छ।
यस्तै सोही दिन बिहान १०ः३० बजे कैलारी गाउँपालीका २ स्थित उजेरिसिमराका ५४ बर्षिय को राम कुमार चौधरीले सञ्चालन गरेको रामबिर फर्निचर उद्योगबाट अबैध सालको काठ लुकाई राखेको काठ बरामद गरिएको छ । १ लाख ७० हजार ४ सय १६ मुल्यको सालको बिभिन्न साईजका ७ वटा गोलिया, सालको बिभिन्न साईजका १८ वटा सिलापट गरी १०६.५१ क्युफिट अबैध काठ र निज राम कुमार चौधरी समेत नियन्त्रणमा लिएको छ। आवस्यक कार्वाहीको लागी सबडिबिजन बन कार्यालय उदासिपुरका बन रक्षक जगदिश चौधरीको जिम्मा लगाई पठाईएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त अबैध काठ र चौधरीलाई बरामद गरि पक्राउ गरेको हो ।


