कैलाली। कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। कैलालीको घोडाघोडी नगरपालिका–३ नारायणपुर गाउँमा ३५ वर्षीय फुलराम चौधरीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
इलाका प्रहरी कार्यालय सुखडका अनुसार बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख वीरेन्द्र वीर विश्वकर्माले घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको जानकारी दिएका छन् ।


