कैलाली। कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। कैलालीको कैलारी गाँउपालिका वडा नम्बर ८ पृथ्वीपुरबाट २ थान भरुवा बन्दुक र ३६ गोलि लगायतसामान सहित ५५ बर्षीय दया राम चौधरी पक्राउ परेका हुन्।
ईलाका प्रहरी कार्यालय हसुलियाका अनुसार जेठ ३२ गते दिउँसो २ बजे चौधरीको घरमा अवैध भरुवा बन्दुक राखेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोलीले घर खानतलासी गरेको थियो।
चौधरीको घर खानतलासी गर्दा उनी सुत्ने कोठामा लुकाई छिपाई राखेको अवस्थामा २ थान एक नाले भरुवा बन्दुक,बारुद ४डिब्वा (२ ग्राम ७०० मिलिग्राम),तयारि गोलि ३६ पिस,गोलि बनाउन प्रयोग हुने सिसाका टुक्रा २४ पिस,केप ८ पिस,कम्पास १ थान फेला पारी बरामद गरेको हो। साथै चौधरीलाई समेत सोही स्थानबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय हसुलियाले जनाएको छ। भरुवा बन्दुकसहित पक्राउ परेका उनी माथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


