धनगढी : सुदूरपश्चिम प्रदेशमा पूर्व प्रदेश सभा सदस्य मञ्च गठन गरिएको छ। सुदूरपश्चिमका पूर्व सभामुख अर्जुनबहादुर थापाको संयोजकत्वमा शुक्रवार १३ सदस्यीय मञ्ज गठन गरिएको हो। पूर्व मन्त्री पूर्ण जोशीका अनुसार १३ सदस्यीय तदर्थ समिति गठन गरिएको छ। पूर्व प्रदेश सभा सदस्यहरुको भेलाले बिधानसमेत पारित गरेको छ।
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संबिधानको रक्षा गर्दै प्रदेश सभाबाट पारित भएका कानूनहरुको कार्यान्वयन, थप उपलब्धिका लागी प्रदेश सभालाई सफल बनाउन योगदान गर्दै जनताका तर्फबाट खबरदारी गर्ने मञ्चको उदेश्य रहेको छ।


