धनगढी। कैलालीमा बस र कार ठोक्कीदा एक जना घाइते भएका छन्। जिल्लाको गोदावरी नगरपालिकाको खैराना पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा बस र कार आपसमा ठोकिएका हुन्।
शनीवार राति पूर्वबाट पश्चिम आउदै गरेको ना ४ ख ७२६९ नम्बरको बस र सोही दिशा तिर आउदै गरेको बागमती प्रदेश ००१०२५ च ९३६७ नम्बरको कार ठोकिएका छन्। दुर्घटनामा बसमा सवार धनगढी बोराडाँडीका ५४ बर्षिय खडक केसी घाईते भएका हुन।
उनको अत्तरिया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ। प्रहरीका अनुसार कारलाई ठक्कर दिएर बस अनियन्त्रित भई सडकबाट १५ मिटर भित्र झाडिमा परेको बताईएको छ। बसका चालक ३० वर्षिय राम निवास चौधरी फरार छन्। बस घटना स्थलमा छ। कारलाई प्रहरीले नियन्त्रणमा लिएको छ।