काठमाडौँ। नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पुरा भएको छ । १९ जेठ २०५८ मा राजदरबारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको थियो।
नियमित पारिवारिक जमघटका बेला तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र र निराजन, राजकुमारी श्रुति, राजकुमार धीरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ति, राजकुमारी शारदा, कुमार खड्कासहित राजपरिवारका अन्य सदस्यहरूको गोली हानी हत्या भएको थियो।
उच्चस्तरीय छानबिन समितिले उक्त घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेर पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तर, यो प्रतिवेदनप्रति आम नागरिकले विश्वास जताउन सकेका छैनन् । रहस्यको पर्दा खुल्न नसकेको यो उक्त हत्याकाण्डको यथार्थ छानबिन हुनुपर्ने माग हुँदै आएको छ। वीरेन्द्रको वंशनाशपछि राजा बनेका उनका भाइ ज्ञानेन्द्रले राजतन्त्र जोगाउन सकेनन् । नारायणहिटी दरबारलाई अहिले संग्रहालय बनाइएको छ।
मारिएकाहरु
राजा वीरेन्द्र
रानी ऐश्वर्य
युवराजधिराज दीपेन्द्र
अधिराजकुमार निराजन
अधिराजकुमारी श्रुति
अधिराजकुमार धीरेन्द्र (तत्कालीन अवस्थामा अधिराजकुमारको पद खोसिएका)
अधिराजकुमारी शान्ति राज्य लक्ष्मी (राजा वीरेन्द्रकी बहिनी)
अधिराजकुमारी शारदा राज्य लक्ष्मी (राजा वीरेन्द्रकी बहिनी)
कुमार खड्गविक्रम शाह (राजा वीरेन्द्रका ज्वाइँ, शारदाका पति)
अधिराजकुमारी जयन्ती (राजा वीरेन्द्रकी बहिनी, काकाकी छोरी)
घाइते भएकाहरू
अधिराजकुमारी शोभा (राजा वीरेन्द्रकी बहिनी)
कुमार गोरख शमशेर (अधिराजकुमारी श्रुतिका पति)
अधिराजकुमारी कोमल (पछि बडामहारानी)
श्रीमती केतकी चेस्टर (राजा वीरेन्द्रकी बहिनी तथा काकाकी छोरी, राजपद छोडेकी)


