कञ्चनपुर। कञ्चनपुरको भिमदत्तबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। बिहीवार राति कञ्चनपुरको भिमदत्त नगरपालिका–१६ मझगाउ स्थित सोही नगरपालिका–१८ का २८ वर्षीय प्रेम नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नेपालीको साथबाट रेक्सोजेसिक एम्पुल २ थान, फिनारगन २थान र रेक्सोजेसिक ६ वटा एम्पुल फुटाएको अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। नेपालीलाई अस्थायी प्रहरी पोष्ट मझगाँउबाट खटिईएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीले सो सम्बन्धमा थप अनुसन्धान गरिरहेको बताएको छ।


