धनगढी। विपतको पुर्व तयारी तथा विपद्पछि उद्धार तथा राहत के कसरी गर्ने भन्ने विषयमा धनगढीमा छलफल तथा तयारी अभ्यास गरिएको छ।
सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सुपर परियोजना अन्तरगत युरोपीयन युनियन,युएनडिपी,युनिसेफ,यु एन ओमन, नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा उक्त छलफल तथा अभ्यास गराइएको हो। साना तथा ठूला प्राकृतिक विपत्तिका घटनाबाट बच्न पुर्व तयारी, हुनसक्ने क्षती र क्षतीपछि उद्धार तथा राहत के कसरी गर्न सकिन्न भन्ने उदेश्यले कार्यक्रम गरिएको नेपाल सरकारका पुर्व गृह सचिब शंकर कोइरालाले जानकारी दिए ।
त्यसका लागी विपद प्रतिकार्य समुह, स्थानिय निकाय,रेडक्रस,सुरक्षा निकाय,सरकारी तथा गैर सरकारी निकाय, प्रदेश सरकार बिच समन्वयकारी भुमिका हुनुपर्ने जोड दिए । विपद ब्यवस्थापन र जोखीम न्युनिकरणका लागि बनाइएको विपद प्रतिकार्य ढाँचा अनुसार काम गरेमा क्षती कम हुने उनको धारणा छ। विपद आउनु पुर्ब विपदको क्षती कती हुन सक्छ, त्यसबाट पार्ने प्रभाबको आँकलन गरेर तयारी र सम्बन्धीत निकायबिच समन्वयकारी भुमिका रहनुपर्ने बताए ।
र यदि विपद आइहालेपछि थप सुरक्षित रहदै उद्धार तथा राहात, रेसपोन्स, औषधी उपचार, खाद्यान्नको जोहोमा जुट्नुपर्ने बताए । छलफल कार्यक्रममा जिल्ला तथा प्रदेशका विपद प्रतिकार्य टोली, जिल्ला तथा प्रदेश तहका निकाय, रेडक्रसका प्रतिनिधी सुरक्षा निकायको उपस्थीतीमा विपद पुर्व अपनाइने समन्वय तथा तयारीबारे अभ्यास तथा तालिम समेत गराइएको थियो। छलफल तथा तालिममा विपद् जोखिम न्यूनीकरणका लागि विपद प्रतिकार्य टोली, जिल्लाका सुरक्षा निकाय, तिन तह निकायको तयारीका लागी सम्बन्धीत निकाय बिच समन्वय र सहकार्य कस्तो हुनपर्छ भन्ने दर्शाएको थियो ।
जसबाट विपद्का बेला के कस्ता जोखीम, समस्याहरु निम्तीन सक्छन् र न्यूनीकरण गर्न के कस्तो पुर्व तयारी गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिइएकोे थियो । यस्तै कार्यक्रममा संयुक्त राष्ट्रिय प्रदेश समन्वय सम्पर्क निकाय प्रमुख बैजन्ती गिरी सिंहले विपद् जोखिम न्यूनीकरण गर्न एक्लैले नसकिने भएकाले तिनै वटै सरकारको समन्वय नभएसम्म विपद्का लागी पूर्व तयारी, सुरक्षा योजना बनाउन नसक्ने बताइन्। भूकम्प लगायत अन्य विपदमा समयमै खोज उद्धार, उपचार तथा राहतका लागी राम्रोसँग समन्वय हुनपर्ने धारणा राखिन् । कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जिल्लामा पनी विपद न्युनिकरणका लागी आवश्यक तयारी अपनाएको बताए। यस्तै उनले प्रदेशभर विपद न्युनिकरणका लागी सुपरपरियोजनासँगै स्थानिय, प्रदेश तथा केन्द्र सरकार बिचको समन्वयकारी भुमिका हुनुपर्ने सुझाब दिए।


