धनगढी। कैलाली र कञ्चनपुरका दुग्ध खरिद तथा संकलक कर्ता आन्दोलित बनेका छन्। दुग्ध खरिद तथा संकलक कर्ताले किसानबाट खरिद र संकलन गरेर बजारसम्म पु¥याएको मेहनत अनुसार उचित मुल्य पाउनुपर्ने माग गर्दै आन्दोलित बनेका हुन् ।
कैलाली र कञ्चनपुरका दुग्ध खरिद तथा संकलक कर्ताले मेहनत अनुसार मुल्य नपाउन्जेल सम्म खरिद र संकलन नगर्ने बताएका छन् । उनीहरुले दुई दिन देखी अनिश्चतकालका लागी दुध संकलन बन्द गरि दुध ओसारपोसार गर्ने नदिने भन्दै दुध खरिद तथा संकलन गर्न दिएका छैनन् । श्रमदान अनुसारको मुल्य पाउनपर्ने माग उनीहरुको छ ।
सरकारले २०७९ चैत १ गतेबाट लागु गरेको दुधको मुल्य बृद्र्धि र डेरी ब्यवसायीले २०८० बैशाख ७ गते लागुगर्ने निर्णय भएको थियो । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी) लैनचौरले दूधको मूल्य बढाएको थियो। जसअनुसार धनगढीमा ९२ रुपैयाँ कायम भएको संस्थानले जनाएको थियो । तर सो बमोजिम डेरी ब्यवसायीलाई पत्रचार भैसकेको भएपनीे अटेर गरेको दुग्ध खरिद तथा संकलक कर्ताको भनाई छ। केही ठुला डेरी ब्यवसायीले आफु फाइदामा राखेर किसान र दुग्ध खरिद तथा संकलक कर्तालाई घाटामा राखेको उनीहरुले आरोप लगाएका छन्।
सेती महाकाली दुग्ध ब्यवसायी संघका अध्यक्ष बिश्नु ढकालले किसान र संकलक कर्ताले उचित मुल्य पाउनुपर्ने माग गरे । संकलक कर्ताले बिभिन्न टाढाटाढा बाट दुध संकलन गरेर धनगढी बजारका डेरी ब्यवसायसम्म पु¥याएका हुन्छन् । तर संघले तोकेको मुल्य अनुसार उनीहरु पैसा नपाइरहेको बताए । उनले भने, ८० रुपैयाँमा खरिद दिनु पर्यो। डेरी ब्यवसायीहरुले ९० रुपैयाँमा बेचिसकेका छन् उनले भने, त्यो ९० रुपैयाँमा बेच्नको लागी हामीसँग ७० रुपैयाँमा किनेका छन्, उनीहरुको मार्जन २० रुपैयाँ भएर हामीहरुले किसानलाई ७० रुपैयाँ नै दिनुपर्ने भएकाले खोकटमा श्रमदान गरिरहको उनले भने ।
जसकारण डेरी ब्यवसायबाट किसानलाई उचित मुल्य दिन नसकेको उनले बताए । दुग्ध ब्यवसायी संघको दर रेट कायम गरि सकेको र डेरि ब्यवसायी संघले अटेर गरि कायम नगरेको हूँदा जेठ १७ गते हिजो देखी दुध संकलन बन्द गरि दुध ओसारपोसार गर्ने नदिने कुरा सम्बन्धीत निकायमा जानकारी गराएको छ। यस्तै उनीहरुले उचित मुल्य पाउनुपर्ने भन्दै धनगढी उपमहानगरपालीका र कैलाली प्रसाशनमा ज्ञापन पत्र बुझाएका छन् । तर उनीहरुले पनी सुनुवाई नगरेको सेती महाकाली दुग्ध ब्यवसायी संघले जनाएको छ। संघका अध्यक्ष बिश्नु ढकालले धनगढी बासीलाई दैनिक २० हजार लिटर दुध उपलब्ध गराइरहेको बताए । संकलक कर्ताहरु पुर्नवास, फुलबारी,श्रीपुरबाट धनगढीमा आएर बिरोध गरिरहेका छन्।


