कञ्चनपुर। कञ्चनपुरमा कोठा भाडामा बस्न आएका दुई जना भारतीय चोरी गरेर फरार भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका-४, गोबरीयाकी खगेश्वरी प्वालीको घरमा भाडामा बस्न आएका भारतीयले चोरी गरेका हुन् ।
उनीहरुले एकै घरमा बस्दै आएका आठ जना बेहोस बनाएर चोरी गरेर फरार भएका छन् ।खगेश्वरीको घरका परिवारका सदस्य र कोठा भाडा गरी बस्ने समेतका गरेर आठ जना बेहोस भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले बिहान ढिलोगरी नउठेपछि छिमेकीले घरमा हेर्दा सबै जनालाई बेहोस अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेको जानकारी दिए।
उनकाअनुसार बेहोस भेटिएका मध्ये प्वालीका परिवारका सदस्य ७० वर्षीय गोपीसिंह प्वाली, ४० वर्षीय लक्ष्मणसिंह प्वाली, १० वर्षीया सुप्रिया प्वाली र ५ वर्षीया शुभम प्वाली रहेका छन्। उनको घरमा डेरा गरी बस्ने १८ वर्षीय सुवास गोतामे, २१ वर्षीया तुलसी डाँगा, सिर्जना धामी र पंकज विष्ट पनि बेहोस भेटिएका छन्। उनीहको उद्दार गरेर महाकाली प्रादेशिक अस्पताल भर्ना गरिएको डीएसपी डाँगीले बताए । अहिले उनीहरुको स्वास्थ्य अवस्था सुधार भइरहेको छ।
प्वालीको घरमा दुई दिनदेखि डेरा गरी बस्दै आएका भारतीय मूूूलका दुुई ना नागरिकले पार्टी भन्दै विषालु पेय पदार्थ र लड्डु खुवाएर बेहोस बनाएर लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनीहरुले नगद चार हजार रुपैयाँ र १० आना बराबरको एउटा तिलहरी लुटेर लगेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


