धनगढी। धनगढीमा भारतीय कारको ठक्करबाट दुई जना घाइते भएका छन् । आज बिहान धनगढी ३ चौराहास्थीत छलेन सडकमा UP ३२HN २७७६ नम्बरको भारतीय कारले लु ८७ प १३०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।
कारको ठक्करबाट दुई जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले जनाएको छ । घाइते हुनेमा मोटरसाइकल चालक अछामको तुर्माखाँद गाउँपालीका ६ का पुस्पराज न्यौपाने र मोटरसाइकल पछाडि सवार सोही ठाउँका ४३ बर्षिय चेत राज न्यौपाने रहेका छन्।
घाइते दुबै जनाको मायामेट्रो अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । भारतीय कार चालक भारत पलियाका ५० बर्षीय बलजित सिँहलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार ठक्कर दिने भारतीय नम्बरको कारलाई नियन्त्रणमा लिइएको छ ।


