धनगढी। १६ औँ गणतन्त्र दिवसको अवसरमा धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ। अनेरास्ववियू क्रान्तीकारी सुदुरपश्चिम प्रदेश समितीले गणतन्त्र दिवसको अवसरमा धनगढीको पार्कमोडमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो।
रक्तदान कार्यक्रम सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले उद्घाटन गर्दै रक्तदान कार्यक्रम रचनात्मक कार्यक्रम भएको भन्दै धन्यवाद गरेका छन् । उनले गणतन्त्र दिवसको सबै नेपालीबासीमा शुभकामना ब्यक्त गर्दै सहिदहरुको बलिदान र त्याग ले नै देश परिवर्तन भएर संघियतोकतान्त्रिक गणतन्त्रसम्म आएको बताए।
महान सहिदहरुले देखाएको बाटो अँगालेर जानुपर्ने उनको भनाई छ । देश गणतन्त्रसम्म आइपुग्दा जनताको अवस्था परिवर्तन नभएकाले जिम्मेबार पदमा रहेकाहरुले जिम्मेवारी र इमानदारिका साथ काम गर्न उनले सुझाब दिए । सुदुरपश्चिमका गाउँठाउँ तथा दुरदुराजमा आर्थिक प्याकेज बढाउने कुरा, बस्तीहरुमा सेवा सुबिधा पुर्याउने संघ सरकारले जिम्मेबारी नदिँदा काम गर्न नसकिएको उनको भनाई छ । मन्त्री धामीले आफुले पाएको मन्त्रालयबाट हुन सक्ने काम गर्ने प्रतिबद्यता समेत जनाएका छन् ।