कञ्चनपुर। कञ्चनपुरमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–१० कानीखल्लाबाट लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्।
६ ग्राम ९२ मिलिग्राम लागुऔषधसहित बेलडाँडी गाउँपालिका–१ का २१ वर्षीय अर्जुन चौधरीसहित दुई जना शनिबार साँझ पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको हो।