काठमाडौं। काठमाडौंको नयाँ बानेश्वर अधिवक्ता युवराज सफलमाथि कुटपिट भएको छ । सोम शर्मा र विप्लव खड्का लगायतको समूहले सफलमाथि कुटपिट गरेको हो। सफलमाथि शनिबार नयाँ बानेश्वरमा कुटपिट भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्चमा मुद्दा हालेर सांसद पद खारेज भएपछि चर्चामा आएका सफललाई सोम शर्मा र विप्लव खड्का लगायतको समूहले कुटपिट गरेको हो। स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा सहभागी खड्का लगायतको समूहले नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा सहभागी सफललाई जिस्काएका थिए।
उनीहरूले जिस्काएपछि सफल जंगिएका थिए।आक्रोशित भिडले सफलमाथि आक्रमण गरेको बताइएको छ। अहिले खड्का लगायत केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पछिल्लो समय रवि लामिछानेविरुद्ध सर्वोच्च मुद्दा हालेका सफल सामाजिक सञ्जालमा निकै भाइरल बनेका छन्।आक्रोशित भिडले सफलमाथि आक्रमण गरेको प्रहरीले जानकारी दिएको छ। सफलमाथि कुटपिट गर्ने खड्का लगायत केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।भिडियो तल


