कैलाली। टिकापुर बहुमुखी क्याम्पसमा कानुन संकायमा अध्ययनरत विद्यार्थीहरुले कानुन विषय अध्यापन गराउने प्राध्यापक नियुक्तिको माग गरेका छन् । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस समेत रहेको टीकापुरमा २०७८ सालदेखि कानून संकायतर्फ एलएलबीको पढाउन थालिएपनि कानून विषयकै शिक्षक पदपुर्ति नगरिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन्।
बिद्यार्थीहरुले प्राध्यापक नियुक्ति सिघ्र गर्नुपर्ने माग राखी सुरु गरेको आन्दोलनमा विश्वहिंदू बिद्यार्थी संघ कैलालीले पनि एक्यवद्धता जनाएको छ। विश्वहिंदू बिद्यार्थी संघ कैलाली अध्यक्ष तेज जंग मल्लले एक बिज्ञप्ती जारी गर्दै बिद्यार्थीहरुको सो माग प्रति एक्यवद्धता जनाएको बताएका छन्। उनले उपयुक्त मेनपावर , भौतिक संरचनाको तयारी विना सुदूरपश्चिम विश्व विद्यालयले संकाय खोली कार्यक्रम क्याम्पस हरुलाई बाड्नु गैर जिम्मेवारी पन थियो । दोहोराइ रहनु परेन् ।
निस्चय पनि राजधानी बाट पछाडि परेको अझ कानुन अध्यापन कुनै पनि बाटो नरहेको बेला सुपमै यहाँ का निम्नवर्गिय समुदाय का अभिभावक का छोराछोरीले देशकै कम शुल्कमा स्नातक तहमा कानुनी शिक्षा हासिल गराउने÷ गर्ने उदेश्यले अध्यापन सुरु गराएको विश्वविद्यालयको यो कार्य एकदमै सराहनीय रहेको कुरामा कुनै संका रहेन। तर राजनीतिक भागबन्डा कै आधारमा विना तयारी कार्यक्रम क्याम्पस हरुमा बाड्नु को परिणाम सहि नआउने संकेत बेलाबेला देखिदैछन्, उनले भने। संकाय सुरु भएको दुई वर्ष बित्यो । सुरु हुदाका बखत केन्द्रीय क्याम्पस र कैलाली बहुमुखी क्याम्पस मा अध्यापन सुरु गरियो ।
अझै पनि यहाँ समेत मेनपावर को अभाव , आवस्यक भौतिक संरचना को निर्माणमा चासो नदेखिनु आदि समस्या छदैछन्। यि समस्या समाधान गर्न हामी ले बेलाबेला घचघचाइ रहेकै छौं बिज्ञप्तीमा उल्लेख छ । यस्तै टिकापुर बहुमुखी क्याम्पस मा पनि अध्यापन सुरु भएको एक बर्ष पूरा भइसकेको छ । यो अवधि त्यहाँ अहिले सम्म मेनपावर लगायत को व्यवस्थापन गर्न नसक्नु र उदाशिनता देखाएर कार्यक्रम फेज आउट गराउन खोज्नु यो लाचारी पन हुनेछ । त्यसकारण विद्यार्थी का मागहरु यथाशीघ्र पूरा गरि तिनै क्याम्पसमा भइरहेको कानुन अध्यापनलाई गुणस्तरीय बनाउन आवस्यक सम्पूर्ण व्यवस्था गर्न सुप विश्वविद्यालय, विश्वविद्यालय का डिन र क्याम्पस प्रमुख लगायत सरोकार वालासंग जोडदार माग गर्दछौं, बिज्ञप्तीमा भनिएको छ ।


