कञ्चनपुर। कञ्चनपुरमा रुख ढल्दा दुई जना घाइते भएका छन्। मंगलबार राति आएको हावाहुरीबाट कञ्चनपुर भीमदत्त नगरपालिका–१८ सालघारीका गणेश चौधरी र हेलो चौधरी घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीले सालको रुख टिनले छाएको घरमा पर्दा उनीहरु घाइते भएको बताए। गम्भिर घाइते भएका गणेशलाई धनगढी रेफर गरिएको र हेलोको अवस्था सामान्य रहेकोमा उनको उपचार महाकाली प्रादेशिक अस्पतालमा भइरहेको डीएसपी डाँगीले बताए । उनले हावाहुरीबाट अहिलेसम्म मानविय क्षति नभएको बताए । मंगलबार राति आएको हावाहुरीले टिनले छाएका तथा कच्चि घरहरुमा क्षति पुगेको र क्षतिको विवरण संकलन भैरहेको बताए।


