कैलाली। कैलालीको गोदावरीमा मंगलबार राती आएको हावाहुरीले ६ घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबारराति आएको हावाहुरीले कैलालीको गोदावरी नगरपालिका–११ मा १ विद्यालयसहित ६ घरमा क्षति पुगेका हो।
प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दका अनुसार गोदावरी नगरपालिका–११ मा रहेको धर्म सिंहको टीनको छानो, जानकीदेवी कोलीको १ तले घरको छानोसहित ३ कुन्टल गहुँ, ५ बोरा धान, जुहारी लुहार, लालीदेवी खड्काको १ तले घरको जस्तापाता र १ कुन्टल गहुँ, निर्मल खत्रीको २ तले घरमा, हरीलाल खत्रीको जस्तापाता उडाउनुका साथै दुर्गा माध्यामिक विद्यालयको १ तले टिनको छानो उडाएको छ । प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी)चन्दले क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताएका छन्।


