धनगढी। एक किशोरको कर्णाली नदीमा डुबेर मृत्यु भएको छ। कैलालीको टीकापुर नगरपालिका–५ प्रेमनगरका १७ वर्षीय किशोर अमृत चौधरीको कर्णाली नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो। शनिबार दिउँसो कर्णाली नदीमा डुबेर उनी बेपत्ता भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी सत्तीबाट खटिएको प्रहरीले आफन्तहरुको सहयोगमा खोजी गरेको थियो । खोजी गर्ने क्रममा दौलतपुरस्थित नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
कर्णाली नदीमा नुहाउने क्रममा डुबेर मृत्यु
कर्णाली नदीमा नुहाउने क्रममा डुबेर मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

