धनगढी। सुदूरपश्चिम प्रदेशको पहिचान झल्कने गरि प्रदेशको नामाकरण हुनुपर्ने नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मण किशोर थारुले बताएका छन्। प्रदेश सभाको प्रथम अधिवेशनको नवौ बैठकमा नेता थारुले प्रदेशको नाम ‘थारुहट’ प्रदेश राखिनुपर्ने बताएका हुन् ।
उनले भने –‘यो प्रदेशको नामाकरणले प्रदेशको पहिचान दिन सकेको छैन् । त्यसले समग्र सुदूरपश्चिमको पहिचान र थारुहरुको अधिकारका लागि यस प्रदेशको नाम थरुहट प्रदेश राखिनुपर्छ ।’उनले मुख्यमन्त्रीले शनिबार नियूक्त गरेका मन्त्रीहरुलाई शुभकामना दिँदै प्रदेश सरकारले आफनो पार्टीलाई बाइपास गरेर अघि बढेको बताए ।
उनले भने –‘हामीसंग मुख्यमन्त्रीले प्रतिवद्धता गर्नु भएको थियो । दुई मन्त्रालय र एक राज्यमन्त्री हाम्रो माग थियो । तर, आज सरकार विस्तार गर्दा हामीलाई वाइपास गरियो ।’ उनले आगामी दिनमा सरकारले यस्ता कमि कमजोरी नदोहोर्याउन अनुरोध गरे ।


