बाजुरा। बाजुराको जगन्नाथ गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष ऐना गिरीको मृत्यु भएको छ । २०७४ को स्थानीय निर्वाचिनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित ऐना गिरीको शनिबार निधन भएको हो।
नेकपा एमालेकी जिल्ला कमिटी सदस्य समेत रहेकी गिरीको उपचारका लागि धनगढी ल्याउने क्रममा बाटोमा मृत्यु भएको हो। पहिले देखिनै खुट्टा पेटको स्वास्थ्यमा समस्याबाट पीडित गिरीलाई शुक्रबार राति एक्कासी बेहोस भएपछि उपचारका लागि ल्याउने क्रममा डोटीको साझघाट नजिकै मृत्यु भएको पारिवारीक स्रोतले बताएको छ।
गिरीको बाटोमै मृत्यु पछि फर्काएर घर ल्याउन लागिएको छ। उनका श्रीमान र २ छोरा छन् ।निवर्तमान उपाध्यक्ष तथा नेकपा एमालेकी जिल्ला कमिटी सदस्यको निधन प्रति नेकपा एमाले जिल्ला कमिटीले सोक बक्तव्य मार्फत दुख ब्यक्त गरेको छ ।


