धनगढी। धनगढीमा पूर्व राजा ज्ञानेन्द्रसहित परिवार आउने कार्यक्रम तय भएको छ। शुक्रवार पत्रकार सम्मेलन गर्दै यसअघि जेठ ६ गते पूर्व राजाको धनगढी आउने कार्यक्रम स्थगित भएकोमा अब यही जेठ ८ गते सोमवार दिउँसो ३ बजे धनगढी रङ्गशालामा आउने बताइएको हो।
नागरिक उन्मुक्ति पार्टीले नेपाल बन्द र आन्दोलन घोषणा गरेकाले भ्रमण स्थगित भएको थियो। पूर्व राजपरिवार ७ गते धनगढी पुग्ने र ८ गते नागरिक अभिनन्दन गरिने
नागरिक अभिनन्दन मूल समारोह समितिले जनाएको छ। पूर्व राजाको नागरिक अभिनन्दन ८ गते सोमवार दिउँसो ३ बजे धनगढी रङ्गशाला अर्थात् कभर्ड हलमा हुनेछ। आयोजकले राजपरिवार सडक मार्ग हुँदै आइतवार नै धनगढी पुग्ने र सोमवार नागरिक अभिनन्दन गर्ने बताएको छ।