धनगढी। धनगढी वडा नम्बर २ बाट लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट २ ग्राम सात सय ९० मिलिग्राम लागुऔषधसहित दुई जना पक्राउ परेका हुन्।
बिहीबार साँझ प्रहरीले धनगढी उपमहानगरपालिका-५ का ३० वर्षीय सन्तोष चौधरी र २६ वर्षीय करन चौधरीलाई लागुऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरी चौकी त्रिनगर र प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई लागूऔषधसहित पक्राउ गरेको हो।पक्राउ परेको दुबै जनामाथी थप अनुसन्धान भेरहेको प्रहरीले जनाएको छ ।


