धनगढी। नागरिक उन्मुक्ति पार्टी र सरकारबिच आज निर्णायक वार्ता हुने भएको छ। पार्टीले शनिबार देखी नेपाल बन्दको घोषणा गरेको छ । तर आजको निर्णायक वार्तापछि मात्रै बन्द गर्ने वा नगर्ने विषयमा टुङ्गो लाग्ने पार्टीका प्रवत्ता दामोदर पण्डितले जानकारी दिए।
पार्टीका प्रवक्ता भण्डितका अनुसार शुक्रवार सरकारसँग निर्णायक वार्ताको तयारी थालिएको छ ।सरकारसँग वार्तापछि मात्र बन्द गर्ने वा नगर्ने विषयमा जानकारी दिने भएकाले साँझ ६ बजे विज्ञप्ति आउँने उनले बताए । नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीलाई सर्वोच्च अदालतले पनि जिल्ला र उच्च अदालतको पैसलालाई सदर गर्दै जन्मकैदको फैसला सुनाएको छ।
नागरिक उन्मुक्ति पार्टीले चौधरीको रिहाइको माग गर्दै आएको छ। रेशम चौधरीको रिहाइको माग गर्दै कैलालीमा दैनिक राँके जुलुस प्रदर्शन गरिएको छ। चौधरीलाई रिहाइ गर्ने सर्तमा नागरिक उन्मुक्ति संघ र प्रदेश सरकारमा समेत सहभागि छ।


