कञ्चनपुर। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले अबैध सामान बरामद गरेको छ । बुधबार बिहान साढे ९ बजे खटिएको प्रहरी टोलीले बिशेष सुराकीको आधारमा अवैध रुपमा भन्सार छलीका सामान बरामद गरेको हो।
प्रहरीले कञ्चनपुर भिमदत्त नगरपालीका १० गज्जरबाट बिभिन्न किसिमका लेडिज सुट र स्कुटर थान १ गरि अ।मुल्य रु २ लाख ६ हजार ६०० मुल्यका समान बरामद गरेको हो। अबैध बरामद गरिएको उक्त अबैध सामान आवश्यक कार्वाहीको लागी भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाईएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।


