धनगढी। मनसुन पुर्व तयारी तथा प्रतिकार्य योजना (MPRP) अध्यावधिक गर्नका लागी बिषयगत अगुवा तथा सहयोगी निकायहरू बिच छलफल गरिएको छ। बुधबार सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा (सुपर) परियोजना अन्तरगत युरोपीयन युनियन,यूएनडीपी,युनीसेफ, यु एन ओमन, नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सो कार्यक्रम गरिएको हो।
मनसुन पुर्व तयारी तथा प्रतिकार्य योजना (MPRP) अध्यावधिक गर्नकालागी बिषयगत अगुवा र सहयोगी निकायहरुसँग छलफल गरिएको बताइएको छ। मनसुन पुर्व तयारी तथा प्रतिकार्य योजनामा अध्यावधिक गर्न समेट्नुपर्ने बिषयमा थप गर्नुपर्ने संरक्षण तथा सुरक्षा, वाट, शिक्षा, स्वास्थ्य, लगायत पुर्व तयारी तथा प्रतिकार्य योजना क्षेत्रलाई समेटेर प्राथमिकताका साथ काम गर्नुपर्ने सुझाब दिइएको छ। मनसुन पुर्व तयारी तथा प्रतिकार्य योजनाका लागी स्वास्थ्य क्षेत्रमा आवश्यक बन्दोबस्तको तयारी, जनशक्ती तथा स्वास्थ्यकर्मीको पुर्वतयारी अपनाउनुपर्ने जोड दिइएको छ।
कार्यक्रममा बोल्दै सुदुरपश्चिम स्वास्थ्य निर्देशक डाक्टर जगदिश प्रसाद जोशीले कोरोना सुरुवात बेला देखी आफु सेती प्रादेशीक अस्पतालमा अग्रीम खटिने पहिलो जिम्मेबारी लिएकाले मनसुन पुर्व तयारीमा अगाडी नै सर्तकता अपनाउन बिचार ब्यक्त गरे। कोरोना समयमा स्वास्थ्य कर्मी अभाब, स्रोत साधनको कमीले जसोतसो स्वास्थ्य सुरक्षा प्रदान गरेको बताए । त्यसैले मनसुन पुर्व तयारी तथा प्रतिकार्य योजनामा सबै क्षेत्रको भुमिका महत्वपुर्ण हुने बताए।
प्रदेशमा विपतजन्य घटना न्युनिकरण र ब्यवस्थापनमा थापनमा नेपाल प्रहरी, प्रदेश प्रहरी कार्यालय, प्रदेश पहरी गण धनगढीबाट ५०/५० जना सुरक्षाकर्मी खटाइएको प्रहरीले जनाएको छ । यस्तै प्रत्येक जिल्ला प्रहरी कार्यालयमा २५ जना खटिएका छन् ।
यस्तै बिपद गुल्म महेन्द्रनगर कञ्चनपुरमा १०० जना तथा प्रदेशभर ८० जना डिएसपीको कमाण्डमा सुरक्षाकर्मी परिचालन हुने गरेको सुरक्षा निकायले जनाएको छ।जिल्ला पशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले विपदका बेला पनी पुर्ब सैनिकहरु पनी खोज तथा उद्धारमा निकै सक्षम हुने बताए। उनीहरुसँग थप सिप, क्षमता र दक्षता भएकाले उद्धारको बिषयमा समेट्नुपर्ने धारणा राखेका छन् । उनले सबैभन्दा बढी जोखीम भुकम्पको रहकाले ठुलो जोखीममा कसरी बच्ने बचाउने तथा उद्धार कसरी गर्ने भन्नेमा यस तर्फ बिशेष ध्यान दिनुपर्ने सुझाब दिए।
यस्तै सुदूरपश्चिम प्रदेश यूएनडीपी नेपाल, क्षेत्रीय कार्यालय प्रमुख बैजन्ती गिरी सिँहले समग्र पक्षमा यूएनडीपी नेपालले विपद जन्य घटना न्युनिकरण गर्न संस्थाले निकै महत्वपुर्ण काम गरिरहेको बताइन्। बिगतमा कोरोनाका बेला होस या अन्य प्राकृतिक विपद घटनामा बिभिन्न सहयोग, सुरक्षा सामाग्री देखी लिएर बिभिन्न खोज तथा उद्धारमा सहयोग गरेको बताइन्। यस्मा सबै कलष्टरहरुमा रहेर स्थानिय, प्रदेश, संघ सरकारले सहकार्यतामा जोड दिनुपर्ने सुझाब दिइन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका निमित्त सचिव लक्ष्मी प्रसाद जोशीको सभापतित्वमा कार्यक्रममा सुपर परियोजना स्वास्थ्य, शिक्षा, सामाजिक क्षेत्र, सबै सुरक्षा निकायका प्रतिनिधी लगायत बिभिन्न बिषयगत क्षेत्रमा आवद्ध सरोकारबालाहरुको सहभागीता रहेको थियो।


