धनगढी। धनगढीमा पूर्वराजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दन कार्यक्रमको तयारी पुरा भएको छ। पूर्व राजा शाहको नागरिक अभिनन्दन हुने मुल समारोह समितिको सचिवालयले आज धनगढीमा पत्रकार सम्मेलन मार्फत तयारी पुरा भएको जानकारी गराएको हो।
धनगढीमा जेठ ६ गते दिउँसो २ बजे पूर्वराजा शाहको धनगढीको कभर्ड हलमा विशाल समारोका बिच नागरिक अभिनन्द गरिने समारोहका मूल समिति संयोजक जयन्त चन्दले बताए। नागरिक अभिनन्दनका लागि जेठ पाँच गते पूर्वराजपरिवार धनगढी पुग्ने कार्यक्रम रहेको छ।
पूर्व युवराज पारस शाह बाहेक राजपरिवारका सबै सदस्य धनगढी आउने कार्यक्रम तय भएको समारोहका सञ्चार संयोजक ललित जोशीले पत्रकार सम्मेलनमा जानकारी दिए।जेठ ६ गते सुदूरपश्चिमका हजारौँ मानिस पूर्व राजाको अभिनन्दन समारोहमा उपस्थित हुने उनको दाबी छ। समारोहमा कैलाली कञ्चनपुर लगायत सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका नागरिकको सहभागिता रहने बताइएको छ।


