धनगढी। धनगढीमा बेवारिसे अवस्थामा बेहोस भेटिएका पुरुषको पहिचान खुलेको छ। धनगढीको सुभ श्री रेस्टुरेन्ट एण्ड बारमा बेहोस अवस्थामा भेटिएर युवक कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का गणेशबहादुुर सार्की भएको खुलेको हो।
सोमबार राति सार्की होटलमा बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । अस्पताल पुगाउने बितिकै चिकित्सकले मृत घोषणा गरेका थिए। प्रहरी निरीक्षक खगेन्द्र साउदले सामाजिक सञ्जालमा मृतकको तस्बिर देखेपछि जिल्ला प्रहरी कार्यालय पुगेका सार्कीका परिवारले उनको सनाखत भएको बताएका छन ।


