ऐजेन्सी। नेपाली प्रवासी परिवार सुरत राज्य समितिद्धारा भारतमा अलपत्र परेकी महिलालाई आर्थिक र बस टिकट सहयोग गरिएको छ । भारतमा एक जना नेपालीले नेपाली प्रवासी परिवार सुरत गुजरात भारत राज्य समितिले दैलेखको डुगिस्वोर गाउँपालीका वडा नम्बर ३ बस्ने अवलपराजु घर भएकी रिता नेपालीाई आर्थिक र बस टिकट सहयोग गरेको हो।
नेपाली प्रवासी परिवार सुरत गुजरात भारत राज्य समितिको गठन भएको १ महिना नहुदै समितिको पहिलो काम गरेको नेपाल परिवार दल सुदुरपश्चिम संयोजक खगक नागरिले बताए । उक्त समितिले नेपालीेले श्रीमतिलाइ भारत बोलाएर भारतमा केहि साल देखि आर्को विवाह गरेर बस्दै आएका एक जना युवकले जेठी श्रीमतिलाई रातीको समयमा अलथान पार्कमा अलपत्र छोडेर गएको अफ्ट्यारोमा अवस्थामा परेको खबर हाम्रो समितले सुनेर पिडित महिलालाई भेटेर उद्घार गर्नको लागि सबै टिमका साथीहरू र प्रवासमा बस्ने सबै नेपालीहरुले सक्दो सहयोग गरेको बताए।
समितिले नगद १० हजार र नेपाल सम्म पुग्नको लागि बस टिक २ जनालाई सहयोग गरेको बताए। पिडित महिलाका ३ जना बच्चा पनि सगै रहेकाले समितिले भारतको जुनसुकै ठाउँमा यस्तो घटना घटेको थाहा पायो भने सहयोग गर्ने सबैमा जानकारी गराए । अहिलेसम्म सो समितिको ५ ठाउँमा समिति भइसकेकोर अरु राज्यमा पनि केहि दिन भित्र समिति गठन हुने बताए। उनले भने, म भारतमा बस्नु हुने सबै नेपालीहरुलाइ अनुरोध गर्द छु हाम्रो समितिको सदस्यता लिनुहोस र दुखि गरिब अलपत्रमा परेका नेपालीहरुलाइ सहयोग गर्ने काममा सहयोग गर्नेको लागि एकता भएर हिड्नको लागि म र मेरो समिति को तर्फबाट अनुरोध गर्दछु। साथै तपाईंहरुको सहयोग सधै आशा गरेका छौ उनले भने। राहत वितरण गर्ने स्थानमा नेपाली प्रवासी परिवारका गुजरात अध्यक्ष किसन नेपाली,सचिव सन्तोष आउजी सदस्य शिबराज आउजी सदस्य अर्जुन आउजीको आयुस आउजी सहित बिभिन्न ब्यक्तीहरुको सहभागीता रहेको थियो।



