धनगढी : राष्ट्रिय युवा संघ नेपाल लम्कीचुहा नगर कमिटी अध्यक्ष नकुल बमले आफ्नो जन्म दिन खाद्यन्न बितरण गर्दै बिपन्न परिवारमा मनाएका छन । पश्चिमा संस्कृतिको सिको गर्दै बिभिन्न होटेल रेष्टुरेन्टमा मनाइने जन्मदिन कार्यक्रमको परिपाटी चिर्न र आर्थिक रुपमा बिभिन्न परिवारलाइ केही दिनलाई भए पनि छाक टार्न सजिलो होस भन्ने उदेश्यका साथ बिपन्न परिवारमा जन्म दिन मनाएका हुन ।
बमले लम्कीचुहा नगरपालिका वडा नम्बर २ स्थित बाघौरा निवासी प्रकाश नेपालीको परिवारलाई खाद्यान्न सहयोग गरी आफ्नो जन्मदिन मनाएका हुन् । करिब ४ महिना पुग्नेगरी खाद्यान्न सहयोग गरेका बमले मानविय सेवा गर्न पाउँदा आफु निकै खुशी हुने गरेको बताए । धेरै दिन सक्ने आफ्नो स्थिती नभएपनि सामान्य सहयोग गरेको उनले बताए ।


