कैलाली। कैलालीको टिकापुर बहुमुखी क्याम्पस परिसरमा आगलागि भएको छ । कैलालीको कैलाली टिकापुर नगरपालिका वडा नम्बर १ स्थित रहेको टिकापुर बहुमुखी क्याम्पस परिसरमा आगलागि भएको हो। आगलागीबाट टिकापुर बहुमुखी क्याम्पसको हाताभित्र राखिएको काठमा आगलागी भएको हो।
शुक्रबार साढे १ बजेको समयमा आगलागी भएको टिकापुर बहुमुखि क्याम्पस प्रमुख केशर बहादुर कुँवरले बताएका छन। उनले आफु बिभिन्न कामले बाहिर भएकाले आगलागी भएपछि मात्रै थाहा भएको बताए। उनले
क्याम्पसबाट संकलन भएको फोहोरमा आगो लगाई नष्ट गर्ने क्रममा निभाई सकेकोमा शेष रहेको आगोको झिल्का नजिकै सुकेको सिरु घाँसमा सल्किन गई संकलन गरियको काठ सम्म आगलागि भएको बताए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले क्याम्पसकै फोहर जलाउने कर्मचारीले क्रममा आगलागी भएको बताए। क्याम्पस परिसरको हाता भित्र राखिएको ८ सय क्युफिट काठ जलेर नक्ष्ट भएको उनले बताए । स्थानिय तथा सुरक्षा निकाय र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउँदले बताए।


