काठमाडौँ। भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको छ। नेकपा माओवादी केन्द्र निकट योङ कम्युनिस्ट लिग (वाइसिएल) ले भुटानी शरणर्थी प्रकरणमा मुछिएका दोषीलाई कारबाहीका लागि दबाब दिन प्रदर्शन गरेको छ ।यसैक्रममा शुक्रबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा भेला भएर वाइसीएलका नेता कार्यकर्ताले नयाँवानेश्वरसम्म र्याली निकालेका छन् ।
त्यस्तै अखिल क्रान्तिकारीले पनि विरोध कार्यक्रमको आयोजना गरेको छ भने एमाले निकट अनेरास्ववियूले पनि विरोध प्रदर्शन गरेको छ। पछिल्ला दिनमा भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरुलाई उच्च राजनीतिक संरक्षणमा त्यसै छाडिने हो कि भन्ने आशंका व्याप्त छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा हाइप्रोफाइलहरुकै नाम जोडिएपछि जनमानसमा यस्तो चिन्ता, चासो र आशंका प्रकट भइरहेका छन् । यसैक्रममा विभिन्न राजनीतिक दल, दलका भ्रातृ संघ संगठन, नागरिक समाजलगायतले सरकारलाई दवावस्वरुप दोषीलाई कानुनी कठघरमा उभ्याउन माग गर्दै प्रदर्शन भइरहेका हुन् ।



