कैलाली। कैलालीमा धुँलोधुवा नियन्त्रण माग गर्दै सडक अवरुद्ध गरिएको छ। आज बिहान स्थानीयले कैलालीको स्याउलेमा धनगढी–दिपायल फास्ट ट्रयाक अन्तगर्तको सडकमा धुलोधुँवा नियन्त्रणको माग गर्दै सडक अवरुद्ध गरेका हुन्।
स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवाले सडक निर्माणको जिम्मा लिएको खड्का कृष्ण जेबी निर्माण कम्पनीले व्यवास्ता गरि धुलोधुवाँ भएपछि स्थानीयले सडक अवरुद्ध गरेको बताए।उनले धुलाम्मे सडकले आसपासका नागरिकको स्वास्थ्य अवस्था निकै जोखिममा पार्नुका साथै स्याउले बजारको व्यवसाय नै धरापमा परेको बताए। धुलो नियन्त्रण नहुदा सम्म सडक अवरुद्ध गर्ने उनले बताए। स्कुलबस, एम्बुलेन्स लगायतका ईमरजेन्सी सवारी साधनहरु भने सञ्चालन हुन दिने अध्यक्ष देउवाले बताए।
अहिले तत्काल पिच नभएपछि पानी हालेर धुलो उड्न नदिने बनाउनुपर्ने स्थानियको माग छ । दैनिक सयौं गाडी आवातजावत गर्ने सडकको अवस्था लामो समयदेखि अलपत्र हुँदा धुलोधुवाँले स्वास्थ्यमा असर गरेको भन्दै आन्दोलनमा उत्रिएको स्थानीयको भनाई छ। तत्काल सडक निर्माण हुन नसके पनि धुलो उड्ने कम गर्न सडकमा नियमित पानी हाल्न माग गरेका छन् ।


