काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि भागेका एमाले सांसद टोपबहादुर रायमाझीले बिरामी परेको पत्र संसद सचिवालयलाई पठाएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले रायमाझीले बिरामी भएको पत्र पठाएको र प्राप्त भएको बताए।
बिना सूचना प्रतिनिधिसभाको १० वटा बैठकमा अनुपस्थित भए सांसद पद जाने व्यवस्था रहेका कारण उनले सभामुखलाई पत्रमार्फत जानकारी गराएका हुन्।एमाले केन्द्रीय सचिव समेत रहेका रायमाझीलाई पार्टीले बुधबारै पदबाट निलम्बन गरेको छ। अदालतले पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार रहेका थिए। गत बुधबार रायमाझीलाई अदालतले पक्राउ पुर्जी जारी गरेको थियो।
रायमाझी कहाँ छन् भन्ने बारेमा प्रहरीले भने हालसम्म पत्ता लगाउन सकेको छैन। यस्तै नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछिनेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई पार्टीका पदबाट निलम्बन गरेको हो। राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अन्तिम टुंगो नलागेसम्म रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् जानकारी दिएका छन्। रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। उनी फरार छन्। उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ। मंगलबार बसेको एमालेको सचिवालय बैठकले टोपबहादुरलाई अनुसन्धानमा सघाउन आग्रह गर्ने निर्णय गरेको थियो।


