कैलाली। कैलालीको जोशीपुरमा एक कुखुरा फर्ममा आगलागी भएको छ। कैलालीको जोशीपुर गाउँपालिका–५ बनकट्टामा रामप्रसाद चौधरीको कुखुरा फर्ममा आगलागी भएको प्रहरीले जनाएको छ।
गहुँको भुसामा लगाइएको आगोबाट आगो सल्किएर आइतबार दिउँसो फर्ममा आगलागी भएको हो। खेतमा लगाइएको आगो सल्केर खाली रहेको कुखुरा पालनको लागि बनाएको फर्म जलेर नष्ट भएको हो।आगलागीबाट करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको कैलाली प्रहरीले जनाएको छ।


