धनगढी। नेपाली काँग्रेस सुदुरपश्चिम सभापती बिर बहादुर बलायरले नेकपा एमालेका सचिब लेखराज भट्टलाई सुकुम्बासीप्रति त्यती धेरै माया नदेखाउन भन्दै चुनौती दिएका छन । गोदावरी नगरपालिका अत्तरियास्थित चौकी डाँडामा वन र सडक क्षेत्र अतिक्रमण गरेर निर्माण गरिएका संरचना सोमबार हटाइएको थियो।
सुकुम्बासीका संरचना हटाइएपछि सामाजिक सञ्जाल मार्फत सम्बन्धित क्षेत्रका साँसदको चर्को आलोचना भएको थियो । त्यसैबिच काँग्रेस सुदुरपश्चिम सभापती बलायरले नेकपा एमालेका सचिब लेखराज भट्टमाथी खनिएका छन । आज अत्तरियामा नेपाली काँग्रेस क्षेत्र नम्बर –४ को प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले आफुलाई धेरै नचलाउन चुनौती दिए । उनले लेखराज भट्टलाई भने,’याद गर्नुहोला धेरै जिस्काउनु भयो भने तपाईंले लिएको त्यो जमिन राज्य सँग लड्नु भयो होला, अदालतलाई प्रभाबमा पार्नु भयो होला त्यो फेरी पुनर्जिबित गरिने छ,’ बलायरले भने,’ अदालतमा त्यती मात्रै होइन तपाईंलाई सुकुम्बासी माथि त्यती धेरै प्रेम छ दया छ, करुणा छ भने तपाईंको जमिनमा सुकुम्बासी ल्याएर राखिने छ।’
बलायरले आफु निर्बाचन क्षेत्रका सबै वडामा घुमेर पार्टीको तागत निर्माण गरिरहेको बताए । उनले भट्ट प्रति थप आक्रोशित हुँदै भने ,’ म सँग धेरै निहु खोज्नु भयो, मलाई धेरै चलाउनु भयो भने म अहिले तागत निर्माण गर्दै छु, आज मैले मेरो पार्टी सँग १३ दिन सम्म जे तागत निर्माण गरेको छु त्यो सँग जुध्ने तपाईं सँग सामर्थ्य छ?’ बलायर यतीमा मात्रै रोकिएनन उनले थप भने,’ हिजो एउटा पार्टीमा रहेर अर्को पार्टीमा हाम फाल्नु भयो अर्को पार्टीमा हाम फालेर पुरानो पार्टीको लाई घरमा बोलाउनु भयो । धिक्कार छ तपाईं जस्ता मान्छेहरुलाई सम्हाल्नुस आफ्ना घरका दाँयाबायाहरुलाई पनि।
हामी त्यती सम्म निम्न स्तरमा प्रस्तुत हुन चाहाँदैनौ । राजनीतिक सहिष्णु भएर प्रस्तुत हुन चाहन्छौ ,आदर गर्न चाहन्छौ सदभाब देखाउन चाहान्छौ तर निकृष्टतामा उर्लेर हस्तक्षेप हुन थाल्यो भने उपचार पनि गर्न जान्दछौँ।’केही दिन अघि मात्रै गोदावरी –१ को एक सामुदायिक बनमा बलायरले बिपी स्मृति भबनको शिलान्यास गरेपछि उनको चर्को अलोचना भएको थियो । मिडियामा उक्त खबर आएपछि उनले पत्रकार माथि समेत असन्तुष्टी जनाएका छन्। यस्तै उनले अहिले बजेटको समय भएकाले यस क्षेत्रमा बजेट बढि भन्दा बढि ल्याउने तर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताए।
उनले सामाजिक संजालमा लेख्नेहरुले पनि त्यसको परिणामका बारेमा सोचेर लेख्नुपने बताए । ‘हिजो अत्तरियामा दादागिरी गरेर गुजारा मात्रै होइन शोषण गरेकाहरु फेरी सलबलाउन थाले भने कांग्रेसले पुरै क्षेत्र उतार्न नपरोस’ उनले भने ‘मजाक होइन सामाजिक संजालको भित्तामा लेखेर चित्त बुझाउनका लागि हो भने त ठिकै छ । त्यसको परिणाम पनि भोग्न सक्ने हिक्मत छ भने सोचरे लेख्नुस् ।’उनले यहाँबाट पहाडतिर फोन गरेर कुुनै पार्टीका दलालहरुले पैसा उठाउँदै सुकुम्बासीलाई निम्तो दिइरहेको बताए ।


