कैलाली। कैलालीको लम्कीस्थीत बाँसको झाडीमा नवजात शिशु फेला परेको छ। कैलालीको लम्की चुहानगरपालीका-१ स्थीत बाँसको झाडीमा नवजात शिशु फेला परेको हो। स्थानिय प्रिन्स बिकका अनुसार एक महिलाले आफ्नो नवजात शिशुलाई लम्कीचुहा १, रोरा खोला नजिक झोलुङ्गे पुल नजिक बाँसको झाडीमा फालेर घरबाटै निस्किएको बताए।
उनले भने, श्रीमान् विदेश गएको करिव २ वर्ष पुग्यो, यता उनकी श्रीमतीले एक हप्ता अगाडी एक बच्चालाई जन्म दिइन् । नवजात शिशुलाई एक हप्तासम्म पालनपोषण समेत गरेकी थिइन् । उनलाई खै के बाध्यता वा डरले बासको झाडीमा फालेर घरबाटै निस्किन, उनले भने। स्थानीय, छिमेकी र प्रहरी सहयोगमा अहिले नवजात शिशु लालरत्न अस्पतालको एनआइसियुमा राखेर उपचार भइरहेको छ। शिशुको अवस्था सामान्य र स्वस्थ्य रहेको उपचारमा संलग्न चिकित्सकको भनाई छ। उपचार शुल्क मिनाहा गर्ने अस्पतालका सञ्चालक लिलराज बिष्टले जानकारी दिएको बताए।


