कैलाली। अयोग्य लडाकुलाई २ लाख दिने निर्णयविरुद्ध कैलालीमा पनी बिरोध गरिएको छ। अयोग्य लडाकुलाई २ लाख दिने सरकारी निर्णय फिर्ताको माग गर्दै एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपाल कैलालीले मंगलबार धनगढीमा प्रदर्शन गरेको हो ।
कैलालीको धनगढी स्थित जिल्ला प्रशासन कार्यालय अघि प्रदर्शन गर्दै राष्ट्रिय युवा संघ नेपाल कैलालीले अयोग्य लडाकुलाई रकम दिने तयारीका साथ सरकारले गरेको निर्णय फिर्ताको माग गरिएको हो । देशमा आर्थिक अवस्था जटिल बन्दै गइरहेका सरकारको उक्त निर्णय देश थप संंकटमा पर्ने भन्दै तत्काल निर्णय फिर्ता लिन राष्ट्रिय युवा संघले माग गरेको हो।
कैलालीको एमाले पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन जिल्ला प्रशासन कार्यालय सम्म पुगेको थियो । जिल्ला प्रशासन कार्यालय अघि राष्ट्रिय युवा संघ नेपाल कैलालीका अध्यक्ष लक्ष्मण थापाले थापाले राज्य आर्थिक संकटग्रस्त बन्ने बाटोमा हुँदा आफ्ना कार्यकर्ता पोस्ने बहानामा प्रचण्ड सरकारले अयोग्य लडाकुलाई २ लाख दिने निर्णयको बिरोध गरेको बताए।सरकारले तत्काल उक्त निर्णयबाट पछि नहटे सशक्त आन्दोलन सुरु हुने चेतावनी दिएका थिए ।धनगढीमा एमाले पार्टी अध्यक्ष केपी ओली माथि भएको आक्रमणको समेत विरोध गरिएको हो।
अध्यक्ष थापाले पार्टी अध्यक्ष माथि आक्रमण गर्नेहरूलाई कडा कारबाहीको समेत माग गरेका थिए । विरोध कार्यक्रममा नेकपा एमालेका कार्यकर्ता ,राष्ट्रिय युवा संघ कैलाली जिल्लाका पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको थियो।उनीहरूले ‘जनताका छोराछोरी साउदी र कतार,माओवादीलाई २ लाख’, ‘पहिले लडाकुको नाममा लिएको रकम हिसाब-किताब खोइ’लगायत लेखिएका प्लेकार्ड बोकेका थिए ।पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले माओवादी जनयुद्धमा सहभागी भएका र समायोजनताका अयोग्य ठहरिएका लडाकुहरूलाई २/२ लाखका दरले राहत उपलब्ध गराउने निर्णय गरेको थियो। सरकारको यो निर्णयको एमालेसँगै कांग्रेसका केही नेताहरूले पनि विरोध गरिरहेका छन्।



