कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकलमा साइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ। कञ्चनपुरको भिमदत्त नगरपालिका–१८ का विरेन्द्र रावलले चलाएको म २ प ८३३३ नम्बरको मोटरसाइकलमा साइकल ठोक्किँएर दुर्घटना हुँदा साइकलयात्रीको मृत्यु भएको हो ।
आइतवार साँझ दुर्घटना हुदाँँ साइकलयात्री भिमदत्त नगरपालिका–४ का विरेन्द्र रावल गम्भिर घाइते भएको सुदूरपश्मि प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। उनको धनगढी स्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल र चालकलाइ प्रहरीले नियन्त्रणमा राखेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


