कञ्चनपुर। कञ्चनपुरमा रोकिराखेको ट्याक्टरसँग मोटरसाइकल ठोक्कीदा एकजनाको मृत्यु भएको हो।आइतबार साँझ कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ स्थित बनदेवी मन्दिर नजिकको जंगलमा रोकिएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किदा बेदकोट नगरपालिका–१० का २८ वर्षीय तपेन्द्र बडुवालको मृत्यु भएको हो।
बडुवालले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००–४ प १८४६ नम्बरको मोटरसाइकल से १ त २८२९ नम्बरको ट्यााक्टरको ट्रलीमा ठोक्किदा घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए। घाइतेको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको पछाडि सवार कृष्णपुर–५ की २० वर्षिया गरिमा महता घाइते भएकी छन् । उनको अवस्था सामान्य रहेको छ । ट्याक्टर र चालक कृष्णपुर– ८ का ४२ वर्षिय वीरसिंह महरालाई ईलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


