अछाम। अछाममा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ। अछामको ढकारी गाउँपालिका वडा नम्बर ४ बलाताका ३५ वर्षिय याम ढोलीको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनी शनिवार सैनबजारबाट बलाता जाँदै थिए। नेटेसल्ला भन्ने ठाउँमा सडकबाट दुई सय मिटर तल खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको पोष्टमाटमपछि शव आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

