कञ्चनपुर। कञ्चनपुरको महाकाली नदीमा निर्माण गरिएको चार लेनको पक्की पुल भोलि देखि पुनः सञ्चालनमा आउने भएको छ। पुलको दुवैतर्फ विंगस वाल निर्माण ९पर्खाल० गर्नुपर्ने भएकाले ११ चैतदेखि पुल बन्द गरिएको सो पुल भोलि शुक्रवारदेखि पुनः सञ्चालनमा आउने भएको हो।
एकातर्फको दुई लेन खोलेर आवागमन सहज गरिने भएको हो। पुल निर्माण कम्पनी कुमार श्रेष्ठ सिएफइसी जेभीका इन्जिनियर किशोर पाण्डेयले भोलि शुक्रबार दिउँसोबाट पुलको एकातर्फको दुई लेन खुल्ला गरिने बताए । उनले पुलमा दुवैतर्फ विंगस वाल निर्माणको काम सम्पन्न भएकाले एकतर्फको दुई लेन खोलेर आवातजावतमा सहज बनाउने बताए।
पुलको दुवै छेउमा गहिरो खाल्डो खनेर पर्खाल निर्माण गरिएको छ। दुवैतर्फ पर्खाल निर्माण भएकाले पुलको काम झण्डै पूरा भएको छ। पर्खाल निर्माणसँगै पुलको पूर्वतर्फ पोखरीको काम पनि चलिरहेको छ।पोखरी निर्माणको काम पनि बर्खाअगावैे सक्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ। पहुँच मार्गको काम पनि अन्तिम चरणमा रहेको इन्जिनियर पाण्डेयले बताए।पुलको पूर्वपट्टि भीमदत्त नगरपालिकातर्फको पोखरी निर्माणको काम चलिरहेको छ। बर्खाअगावै उक्त पोखरीको काम सक्ने लक्ष्य रहेको निर्माण कम्पनीले जनाएको छ।
बर्खापछि पश्चिमपट्टि दोधारा चाँदनीतर्फको पोखरी निर्माण हुनेछ।पुलको डिजाइनअनुसार दुवैतर्फ ६ सय मिटर चौडा र २६ सय मिटर लम्बाइका दुई पोखरी निर्माण गर्नुपर्नेछ। निर्माणाधीन चार लेनको पक्की पुललाई दोधारा चाँदनीमा बन्ने भनेको सुक्खा बन्दरगाहको प्रमुख पूर्वाधारका रूपमा लिइएको छ। पुल बन्द हुँदा स्थानीय र पैदल यात्रु तथा ठूला साना सवारीसाधन चल्न नसक्दा आवत जावत गर्न समस्या भएको थियो। स्थानीयहरुले पुलको सट्टा बैकल्पीक बाटो प्रयोग गर्दै आएका थिए। लामो समयपछि पुल निर्माणपछि स्थानियलाई राहात हुने बिश्वास लिएका छन् ।


