कैलाली। कैलालीको अत्तरियामा विद्युत पोलमा ट्रक ठोकिएको छ। कैलालीको अत्तरियास्थीत महाकाली राजमार्ग अन्तरगत गोदावरी नगरपालिका – २ तेघरीमा सुपप्र ०१००१ ख २८१४ नम्बरको ट्रक सडक किनारामा रहेका विद्युत पोलमा ठक्कीएको हो ।
ट्रकको ठक्करबाट ४ वटा विद्युतका पोल भाँचिएको प्रहरीले जनाएको छ ।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अहिले सो क्षेत्रमा विद्युत पोल फेर्ने काम भइरहेको भैरहेको छ ।विद्युत पोल भाचिदा सो ठाउँ विद्युत सेवा अवरुद्ध भएको छ। विद्युत सेवा अवरुद्ध हुँदा खानेपानी बितरण हुन नसकेको खानेपानी कार्यालयले जनाएको छ ।ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा रहेको र चालक भने फरार छन्। फरार चालकको खोजी भैरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।


