धनगढी। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कैलालीको अत्तरियामा बुधबार विजयी ¥याली निकालेको छ। चितवनमा पार्टीका सभापति रवि लामिछाने दोस्रो पटक र तनहुँमा रास्वपाका स्वर्णीम वाग्ले उप–निर्बाचनमा विजयी भएपछि खुशियालीमा उनिहरुले र्याली निकालेका हुन्।
उनिहरुले र्याली सहित अत्तरिया बजार परिक्रमा गरेका थिए।उनिहरुले चितवनमा निर्बाचन जितेका पार्टी सभापति रबि लामिछाने र तनुहुँमा जितेका स्वर्णिम वाग्लेको पक्षमा नाराबाजी लगाएका थिए । उनीहरुले चितवन वासीलाई अमूल्य मतका साथै प्राप्त सहयोग र समर्थनकोलागी सबैमा आभार ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।



